वीरगन्ज :

वीरगंज–२१ मा एमालेको चुनावी कार्यालय उद्घाटन, उम्मेदवार प्रदीप यादवको नेतृत्वमा प्रचार अभियान तीव्र

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1731 Shares

वीरगंज, २ फागुन । आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्साले वीरगंज महानगरपालिका वडा नम्बर २१मा चुनावी प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ। स्थानीय तहमा संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्यसहित खोलिएको उक्त कार्यालयको औपचारिक उद्घाटन निर्वाचन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार प्रदीप यादवले गरेका हुन्।
विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको कार्यालयबाट चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाइने पार्टी नेताहरूले बताएका छन्। यस कार्यालयमार्फत मतदातासँग संवाद, संगठन विस्तार तथा चुनावी गतिविधि थप सक्रिय बनाइने जनाइएको छ।
उद्घाटन समारोहमा एमालेका अग्रज नेता, स्थानीय कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले लोकतान्त्रिक मूल्य र संविधानको संरक्षण, मधेश केन्द्रित नीति तथा कानुन निर्माण, क्षेत्रीय विकास र समृद्धि, साथै जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधानलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पारे।
उनले जनताको विश्वास र समर्थन नै परिवर्तनको आधार हुने उल्लेख गर्दै पर्सालाई समृद्ध, सुरक्षित र अवसरयुक्त क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी नेताहरूले वडा नम्बर २१ बाट पार्टीलाई बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा निर्णायक नतिजा हासिल गर्ने दाबी समेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *