वीरगन्ज :

वीरगंज १३ मा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.4kViews
1427 Shares

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १३ मा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.र वीरगंज महानगरपालिकाकाे १३ नम्बर वडा कार्यालयको आयोजना भएकाे शविरमा १५७ जनाले स्वास्थ्य परिक्षण गराएकाे निलकण्ठ हस्पिटलका मार्केटिङ अफिसर बुलेट तिवारीले जानकारी दिए ।

उनका अनुसार शिविरमा हस्पिटलका डा. अच्यूतानन्द लाल कर्ण, डा. प्रशान्त साह, डा.अरबिन्द कुमार साह, डा. नविन झा, डा. तेजनाथ तिवारी, डा. अशोक कुमार गुप्ताले बिरामीहरुकाे चेकजाँच गरेका गरेका थिए ।

वीरगंज १३ का वडाध्यक्ष हिरालाल गिरीकाे अध्यक्षतामा सम्पन्न शिविरमा हस्पिटलका एमडी कुनाल महतो थारु, प्रमुख सदाम हुसेन, वडा सदस्य कमरुदिन अन्सारी, महिला सदस्य जुबैदा खातुन, वडा सचिव रामचन्द्र पटवारी, कंप्युटर अपरेटर रचना अधिकारी, ल्याब टेकनिसियन अनिल कुमार, गगा प्रसाद चौधरी, हेल्थ अस्सिटेन्स बिनय साह, स्टाफ नर्स लक्ष्मी बि.क लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *