
श्रेणी : BANNER
वीरगंज (पर्सा), २३ वैशाख । वीरगंज स्थित नारायणी अस्पतालका एक जना कर्मचारीमाथी सेक्सुअल ह्यारेसमेन्ट तथा अबद्र व्यवहारको आरोप लागेको छ ।
नारायणी अस्पतालको इमर्जेन्सी शाखामा कार्यरत कर्मचारी स्वास्थ्यकर्मी अगन्द चौरसिया माथी ह्यारेसमेन्टको आरोप लगोको हो । उनी बिरुद्ध दुई जना छात्राले प्रहरीमा उजुरी दिएपछि अस्पतालमा लामो सयमदेखि चली रहेको गतिबिधिबाट पर्दा हटेको छ ।
इमर्जेन्सी शाखामा कार्यरत चौरसियाले विगत लामो समयदेखि ओजेटीमा आउने छात्राहरुलाई बिभिन्न खाले प्रलोभन तथा धकधम्की दिइ अनैतिक क्रियाकलाप गर्न दबाव दिने गरेको खुलासा भएको छ । चौरसियाले प्रेटिकलको लागि आउने छात्राहरुलाई राम्रो ठाउँमा पु¥यााई दिने प्रलोभन दिने गरेको एवं भने जस्तो नगरे फेल गराई दिने क्यारियर बर्वाद गरि दिने धाकधम्की दिइ भने जस्तो गर्न बाध्य पार्ने गरेका थिए ।
त्यती मात्र नभई उनले छात्राहलाई आफु एवं आफु भन्दा माथिल्लो तहका कर्मचारीहरुको कोठामा गोप्य रुपमा भेट गर्न दबाव समेत दिने गरेका थिए । चौरसियाले आफुले भने जस्तो नगरे कुनै उपाय नलाग्ने र कुनै बाउलाई फोन गरे समेत काम नलाग्ने भन्ने गरेको रहस्य उद्घाटन भएको छ । प्रहरीमा उजुरी दिने छात्राहरुले थुपैलाई चौरसियाले आफ्नो झासामा पार्न सफल समेत भएको दावी गरेकी छिन् ।
युवतीहरुले उनको हरकत बारे प्रहरीमै उजुरी दिएपछि नारायणी अस्पतालको कालो सत्य बाहिरिएको हो । प्रहरीमा उजुरी परेको सुईको पाए लग्तै चौरसिया सम्पर्क बिहिन भएको एवं हाल भुमिगत बनेका छन् । स्रोतका अनुसार चौरसिया वीरगंजमै रहेको भएपनि हाल सम्म प्रहरीले पक्राउ गर्न तदारुपता देखाएको छैन् । यस्ता गतिबिधिमा लागेका चौरसियालाई बचाउँन वीरगंजमा नाम चलेका एक जना नेता सक्रिय भएको समेत स्रोतको दावी छ । वीरगंज टाईम्स

प्रतिक्रिया