वीरगन्ज :

वीरगंज विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतलाई सांसद यादवकाे ध्यानाकर्षण

श्रेणी : BANNER

9 months
Pradeep Sah
2.2kViews
1064 Shares

वीरगंज (पर्सा), २० चैत । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले वीरगंजकाे विकासकाे बाधा हटाउन सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै यादवले सर्वाेच्चमा मुद्दा अड्किँदा ओद्याेगिक सहर वीरगंजकाे मुख्य सडक नै विस्तार हुन नसकेकाे बताए । वीरगंजकाे मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेकाे उनकाे भनाई छ ।

`त्रिभुवन राजपथमा पर्ने मुख्य सडक सडक ऐन २०३१ अनुसार मुख्य सडककाे मापदण्डभित्र पर्छ । सडक ऐनले नै सडककाे क्षेत्राधिकार ताेकी ऐनकाे क्षेत्राधिकार अन्तर्गत वीरगंजकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्न सडक विभागले वीरगंजकाे गण्डक चाेकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मकाे ८ किलोमिटर मुख्य सडक विस्तारकाे कार्य २०७६ कात्तिक १७ गतेदेखि गर्नेगरी सडक विभागले प्रक्रिया अगाडि बढायाे,´ उनले भने, `तर, त्यही बेला केही स्थानीयले सर्वाेच्च अदालतमा मुद्दा दायर गर्याे । मुद्दाको छिनाेफानाे नहुँदा वीरगंज विकास नै ओझेलमा परेकाे छ ।´

यादवले थपे, `त्यसकारण सभामुखमार्फत सर्वाेच्च अदालतकाे ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनाेफानाे तुरून्त गरेर वीरगंजकाे विकासकाे बाधा हटाइदिन अनुराेध गर्न चाहन्छु ।´ कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *