वीरगन्ज :

वीरगंज-रक्सौल मित्तेरी पुलबाट अटोमेटिक पेस्तोलसहित नवलपरासीका महर्जन पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1263 Shares

वीरगंज (पर्सा), २५ वैशाख । वीरगंज-रक्सौल मित्तेरी पुलबाट भारतीय प्रहरीले स्वचालित (अटोमेटिक) पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । रक्सौलस्थित भारतीय एसएसबीले मितेरी पुलबाट हतियार पेस्तोलसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो । नेपालको नवलपरासी गैँडाकोटका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोल र दुई थान म्याग्जिनका साथ पक्राउ गरिएको भारतीय एसएसबीले जनाएको छ । सोही क्रममा नवलपरासीकै विवेक मल्ल ठकुरी फरार भएको एसएसबीले जनाएकाे छ ।

एसएसबिका अनुसार बरामद दुवै पेस्तोल ९ एमएमका हुन् । तिमध्ये एक मेड इन यू एस ए र अर्काे मेड इन इटली रहेको छ । एउटा पेस्तोलमा म्याग्जिन लोड थियो भने अर्काेमा थिएन । हत्या वा लुट तथा कुन प्रयोजनका लागि हतियारसहित भारत प्रवेश गर्न लागेको भन्ने यकिन भइसकेको छैन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको भारतीय एसएसबीले जनाएको छ ।

दुई जना अपराधीक गतिविधिमा संलग्न व्यक्ति भारत प्रवेश गरेको विशेष सूराकीका आधारमा चेकजाँच गर्न खोज्दा दुवै जना डंकन रोडतर्फ भागेका थिए । अझै अगाडी बढेपछि उनीहरुले झाडीमा पेस्तोल र म्याग्जिन फालेका थिए । सोही क्रममा एक जनालाई एसएसबीले पक्राउ गर्न सपल भयो भने विवेक मल्ल ठकुरी भाग्न सफल भएको इन्स्पेक्टर राजीव नन्दन सिन्हाले बताए । नेपाल प्रहरीसँग समन्वय गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको उनले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *