वीरगन्ज :

वीरगंज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाउने निर्णय

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.6kViews
1876 Shares

वीरगंज,५ बैशाख – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हटाउने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गएको वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हनुमान जयन्तीको सोभा यात्राको क्रममा दुई पक्ष बिभ झडप हुदा वीरगंजमा तनाव उत्पन्न हुदै आएको थियो । सबै पक्षको छलफल तथा घटनामा समलग्न केही व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेपछि स्थिती समान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *