श्रेणी : मधेस
वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाको वजार व्यवस्थापन तथा अनुगमन समितिको अनुगमन टोलि द्वारा प्रितम एण्ड रचना किराना पसल तथा अविनाश जेनरल स्टोर्समा अनुगमनको क्रममा बिभिन्न किसिमका स्पायर सामानहरू जफत गरी नष्ट गरिएको छ।
वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीको सयोजक उप-मेयर इम्तियाज आलमको सयोजकतत्वमा विभिन्न निकायका प्रतिनिधिहरु जस्तै वीरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि मनिस गुप्ता ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली, वीरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दासको उपस्तिथिमा वीरगंज महानगरपालिका वडा नं १३ राधेमाई स्थित प्रितम एण्ड रचना किराना पसल मा अनुगमन का क्रममा त्यस पसलबाट बिभिन्न किसिमका स्पायर भएका समानहरु जस्तै पास्ता ५ किलो ,पुजा घ्यु २४ डिबा (सानो),जुस सय ML तिन डिना, गोल्डेन ओके २/४ (१)सिसि,सोफि ( ६) सिसि, कुरकुरे ३० पकेट जफत गरेको छ साथै अनुगमन कै क्रममा वीरगंज महानगरपालिका वडा नं ८ गहवा स्थित अभिनास जेनरल स्टोर्स मा अनुगमन को क्रममा स्पायर समानहरु जस्तै पास्ता ५ किलो को २ (थान) पकेट,पुजा घ्यु २४ (थान) सानो डिना,जुस १००ML तिन डिबा दुबै पसलका समानहरु जफत गरी सिर्सिया खोलामा नष्ट गरिएको थियो।
साथै प्रितम एण्ड रचना किराना पसलका संचालक नरेस राउत कुर्मी तथा अविनाश जेनरल स्टोर्स का संचालक अविनाश कुमार कानुलाइ मुल्य सुचि राखन,व्यवसायि प्रमाण पत्र राखन,बिना लेबल को सामान बिक्री वितरण नगर्न ,स्पायर सामानहरू बिक्रि बितरण नगर्न अनुगमन टोलिले आदेश दिएको थियो ।
गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबलाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराईयो।
प्रतिक्रिया