वीरगन्ज :

वीरगंज महानगरका उप-प्रमुख इम्तियाज आलमले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताए

वीरगंज महानगरका उप-प्रमुख इम्तियाज आलमले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताए

श्रेणी : BANNER

2 years
Pradeep Sah
7Views
0 Shares

वीरगंज, पर्सा

वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले मुलुकको विकासका लागि युवा उद्यमशीलताको आवश्यकता रहेको बताउनु भएको छ ।

वीरगंज महानगरपालिका स्थित इन्प्रोभीगं वीरगंज द्वारा वीरगंजका छात्रछात्राहरुको लागि Run for charity दौड प्रतियोगिताको शुभारम्भ गर्दै वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले छात्रछात्राहरु लाई सिर्जनशील तथा उद्यमशील बनाउन सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए साथै महानगरबाट छात्रछात्राहरुको लागि लक्षित कार्यक्रम लयाउने बताउनु भयो।

युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले छात्रछात्राहरुको पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताउनुभयो। उप-प्रमुख आलमले देश विकासको अभियानमा छात्रछात्राहरु लाइ पहिला देखिनै सीप तथा क्षमता उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उक्त कार्यक्रम वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यता आयोजनामा गरिएको कार्यक्रममा बिर्ता वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल,कार्यपालिका सदस्य कोनिका कौसिक,युवा नेता दिलिप कार्की लगायत स्थानीय युवाहरू लगाएतको अतिथिहरु को सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *