वीरगन्ज :

वीरगंज महानगरकाे सहयाेगमा सिरक वितरण

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.8kViews
1542 Shares

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २१ मा बुधबार बृद्धबृद्धा एंव विपन्नहरुलाई सिरक वितरण गरिएको छ ।

जाडो बढ्दै गएपछि त्यसैलाई मध्यनजर गरि वीरगंज महानगरपालिकाको सहयोगमा संसारीमाई युवा समाजले २ सय जनालाई सिरक बाँडेको हो । एक कार्यक्रमका बिच वीरगंज महानगरका मेयर राजेशमान सिंहले स्थानीयलाई सिरक वितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर सिंहले वीरगंजलाई बदल्ने अभियानमा सबैले हातेमालो गर्न आग्रह गरे । आफु एक्लैको प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै मेयर सिंहले सबैको सामुहिक प्रयासमा वैभब वीरगंज बन्ने दाबी गरे ।

रमिता कुशवाहाको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, कोषाध्यक्ष जिनु मियाँ, स्थानीय नेताहरू संजय मण्डल, कृष्णा पटेल, पुरुषोत्तम पटेल, सिपलाल राम, नवीन मण्डल लगायतको पनि उपस्थिति रहेको थियोे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *