वीरगन्ज :

वीरगंज महानगरकाे ज्येष्ठ पत्रकार पेन्सन योजना कार्यान्वयनमा लैजान निर्णय

श्रेणी : BANNER

12 months
Pradeep Sah
3.0kViews
1378 Shares

वीरगंज । वीरगंज महानगरपालिकाको आमसंचार माध्यम प्रर्बद्धन तथा नियमन समितिको बुधबार सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यबिधी तयार भईसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ ।

बैठकले संचारकर्मीहरुका सूचना विज्ञापन प्रकाशन बापत लेखा शाखामा रोकिएको भुक्तानीको लागि आवश्यक समन्वय गरी तत्काल भुक्तानी गराउने निर्णय गरेको छ । यसैगरी बैठकले महानगरपालिकाबाट जारी हुने सूचना विज्ञापनहरु एकद्वार प्रणालीबाट बितरण गर्ने र सूचना शाखाबाट समानुपातिक ढंगले सूचना र विज्ञापन वितरण गरी भुक्तानीका लागि सूचना शाखाको सिफारीस अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले सूचना शाखाको जानकारी बिना सूचना टेण्डरहरु जाने गरेको देखिएको हुँदा अन्यथा यस्ता गतिबिधिको जवाफदेहि समिति नहुने निर्णय गरेको छ ।

यसैगरी बैठकले लोक कल्याणकारी विज्ञापनको दोस्रो त्रैमासिक भुक्तानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

आमसंचार माध्यम प्रबर्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य अनुप तिवारी, राम शर्राफ, बृजलाल पासवान, मनोज पटेल, माधुरी महतो, अमित अग्रवाल, आबिद हुसैन, महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, प्रकाशन प्रशारण तथा सूचना शाखा प्रमुख एवं समितिका सदस्य सचिव हरिओम प्रसाद चौधरी, कानुन अधिकृत ईश्वर बराल लगायतको सहभागिता रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *