वीरगंज (पर्सा), ४ असार । वीरगंज भन्सार कार्यालयले यस आर्थिक वर्षमा पनि राजस्व संकलनको लक्ष्य भेटाउन सकेको छैन । गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस चालू आर्थिक वर्ष २०८०/८१ मा पनि वीरगंज भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सकेको छैन । गत आ.व.मा कम्तिमा ५०.३० र बढिमा ८५.५० प्रतिशतसम्म राजस्व संकलन गरेको वीरगंज भन्सार कार्यालयले यस चालू आ.व.मा कम्तिमा ५०.५३ र बढिमा ७५.९६ प्रतिशत मात्र राजस्व संकलन गरेको सूचना अधिकारी राघवलाल कणर्ले जानकारी दिए ।
गत आ.व.को मंसिरमा २१ अर्ब ६९ करोड ४२ लाख ४५ हजारको मासिक लक्ष्य लिएको वीरगंज भन्सार कार्यालयले १० अर्ब ९० करोड ६० लाख ५६ हजार रुपैयाँ मात्रै संकलन गरेको थियो । सोही आ.व.मा सबैभन्दा बढि साउनमा १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार रुपैयाँ संकलन गरेको थियो । चालू आ.व.मा सबैभन्दा कम कात्तिकमा २० अर्ब ४३ करोड ८८ लाख ४३ हजारको लक्ष्य लिएकोमा १० अर्ब ३२ करोड ८१ लाख ५० हजार रुपैयाँ मात्रै संकलन भएको थियो । यस आ.व.मा सबैभन्दा बढि साउनमा ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
वीरगंज भन्सार कार्यालयले यस आ.व.को भदौमा १९ अर्ब ३८ करोड छ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १२ अर्ब ७१ करोड २२ लाख २५ हजार रुपैयाँ अर्थात ६५.५९% मात्रै संकलन गरेको छ भने असोजमा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपैयाँ लक्ष्य रहेकोमा १४ अर्ब २७ करोड ४४ लाख २१ हजार रुपैयाँ अर्थात ६५.३५% मात्रै संकलन भएको थियो । यसैगरि मंसिरमा २० अर्ब ४३ करोड ८८ लाख ४३ हजार रुपैयाँ लक्ष्य रहेकोमा १० अर्ब ३२ करोड ८१ लाख ५० हजार रुपैयाँ अर्थात ५०.५३% मात्रै संकलन गरेको छ भने पुसमा २१ अर्ब ५१ करोड ३९ लाख २६ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १२ अर्ब ७४ करोड १२ लाख ८५ हजार रुपैयाँ अर्थात ५९.२२% मात्रै संकलन भएको थियो ।
यसरी नै माघमा १९ अर्ब ७४ करोड १३ लाख ९९ हजार रुपैयाँ लक्ष्य रहेकोमा ११ अर्ब ८३ करोड २७ लाख ५८ हजार रुपैयाँ अर्थात ५९.९४% संकलन भएको छ भने फागुनमा २१ अर्ब ३८ करोड ८१ लाख १९ हजार लक्ष्य रहेकोमा १३ अर्ब १३ करोड ४२ लाख आठ हजार रुपैयाँ अर्थात ६१.४१% संकलन भएको छ । चैतमा २० अर्ब ७९ करोड ९ लाख २३ हजार लक्ष्य रहेकोमा १४ अर्ब ४५ करोड ६६ लाख १२ हजार रुपैयाँ अर्थात ६९.५३% संकलन भएको छ भने वैशाखमा २० अर्ब ९० करोड ९८ लाख २३ हजार लक्ष्य रहेकोमा १३ अर्ब २९ करोड ४७ लाख ६४ हजार अर्थात ६३.५८% संकलन भएको सूचनअ अधिकारी कणर्ले बताए । उनका अनुसार वीरगंज भन्सार कार्यालयले कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । वीरगंज टाईम्स
प्रतिक्रिया