
श्रेणी : BANNER

वीरगंज (पर्सा), १३ साउन ।
वीरगंज स्थित कारागारमा चौकीदार नियुक्तिको लागि लाखौंको चलखेल भइरहेको समाचार प्राप्त भएको छ । यही साउन १ गतेदेखि तत्कालीन चौकीदार दिनेश सर्राफको कैद भुक्तान भइसकेपछि वीरगंज कारागारको लागि नयाँ चौकीदार नियुक्तिको लागि ठूलै रकमको चलखेल भइरहेको बताइएको छ ।
कारागारमा चौकीदार नियुक्तिको लागि आधा भन्दा बढि कैद भुक्तान भइसकेको र चालचलनमा सुधार भइसकेको कारागारभित्रकै कैदीलाई चौकीदार नियुक्त गर्ने गरिएको छ । तर चौकीदार नियुक्त भएपछि कारागार भित्र आफ्नो हैकमवादी चलाउनका लागि चौकी नियुक्त गर्न लाखौंको चलखेल हुने गरेको छ । सोही अनुसार वीरगंज कारागारमा नयाँ चौकीदार नियुक्ति गर्न वीरगंजका कारागारको जेलरदेखि जेल विभाग काठमाडौंसम्म रकमको चलखेल भइरहेको श्रोतले जनाएको छ । वीरगंज कारागारमा महिनाको ४० देखि ५० रुपैया रंगदारी बापत चोकी तथा भाईचौकीदारहरुले कैदीहरुसँग महिनावारी संकलन गर्दै आएका छन् । त्यसैले अहिले चौकीदार नियुक्तिको लागि चलखेल भइरहेको छ । वीरगंज कारागारमा नयाँ चौकीदार नियुक्ति गर्न कारागारभित्रै एक समूहले नवल पटेललाई चौकीदार नियुक्ति गर्न लागि परेका छन् भने अर्को पक्षले अन्य कैदीलाई चौकीदार नियुक्त गर्न लागि परेका छन् ।


प्रतिक्रिया