वीरगंज,१२ फागुन – वीरगंजमा सशस्त्र प्रहरीले छापामारी गरी भारी मात्रामा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगंजको महाबीर स्थान स्थित निरज चाचानको पसलमा वीरगंज भंसारका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटेको सशस्त्र प्रहरीको टोलीले छापामारी गरेर ४ ट्रक भन्सार छलीका कपडाहरू बरामद गरेको छ ।
छामापारी गरी बरामद भएको कपडाको लगत संकल्न भइ रहेको तथा कति मुल्य बराबरको समान रहेको भन्ने अहिले एकिन नभएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया