वीरगन्ज :

वीरगंजमा पहिलो पटक निकालियो ‘जगन्नाथ रथयात्रा’

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.0kViews
1975 Shares

वीरगंज । वीरगंजमा पहिलाे पटक शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ । ईस्कोनकाे आयाेजनामा निस्केकाे रथयात्राकाे सुभारम्भ वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, मकालु चौक, पुजन होटल, कैलाश होटल हुँदै आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर सम्पन्न भएकाे थियो ।

रथयात्राका क्रममा वीरगंजमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही दिन अघि मात्रै वीरगंजमा भएको झडपका कारण कर्फ्यू लगाउनु परेको थियाे । त्यसै कारण धार्मिक सद्भाव बिथोलीन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

रथयात्रामा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगंजका अध्यक्ष रुपसनातन दासले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *