२०८२ श्रावन १३, सोमबार

वीरगन्ज :
१७:३५:४१

वीरगंजमा आइतबार गहवामाईको दोश्रो रथयात्रा निकालिने

श्रेणी : धर्म संस्कृति

1 year
Pradeep Sah
2.3kViews
1243 Shares

वीरगंज (पर्सा), २२ असार । वीरगंजकाे प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा भाेली (आईतबार) निकालिने भएको छ। वीरगंज महानगरको ऐतिहासिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको रथयात्रालाई आईतबार थप भव्य बनाउने तयारी भइरहेको समितिका अध्यक्ष श्याम पोखरेलले बताएका छन् ।

गहवामाई मन्दिरको रथयात्रा मन्दिरको प्रांगणबाट सुरु भएर घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान हुँदै पुनः श्री गहवामाईको प्रांगणमा आउनेछ । आयोजकहरूले जनाए अनुसार, भोली आईतबार २३ गते बिहान ६ बजे रथयात्रा निकालिने छ ।

यसैगरी, आईतबार बेलुका ६ बजे भजन किर्तन आयोजना गरिने छ र असार २४ गते बेलुका ५ बजे महा भंडारा प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन् । गत वर्षदेखि सुरु भएको रथयात्रालाई निरन्तरता दिँदै यस वर्ष थप व्यवस्थित र आकर्षक बनाइने छ ।

समारोहलाई सफल बनाउन र थप भव्य बनाउनका लागि स्थानीय बासिन्दा र श्रद्धालुहरूले उत्साहपूर्वक तयारी गरिरहेका छन् । रथयात्राले वीरगंज सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *