वीरगन्ज :

वीरगंजबाट लागूऔषधसहित एक महिला पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.8kViews
1359 Shares

बीरगन्ज, ०८ फागुन । बीरगन्जबाट लागूपदार्थ चरेस जस्तो देखिने पदार्थस्हित एक महिला पक्राउ परेकिछिन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिकाका वाडा न. २ का ३० वर्षीया आरती यादव रहेकी छिन् । हाल बीरगन्ज –१६ बसपार्क क्षेत्रमा डेरा गरी बस्दै आएकी थिइन् ।

बीरगन्ज महानगरपालिका वाडा न. १६ शंकराचार्य गेटबाट मंगलबार प्रहरी चौकी इनर्वाको टोलीले चेकजाँच गर्दा रातो ग्यालेनभित्र प्लास्टिकको स–साना प्याकेटमा लुकाईछिपाई राखिएको चरेश जस्तो देखिने पदार्थ ११ केजी ४०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी उनीमाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी सुवास भट्टले एनपीडीलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *