वीरगन्ज :

वीरगंजबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.8kViews
1142 Shares

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ् टोलीले एक भारतिय सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय ईमताज आलम र भारत पुर्वी चम्पारणको मोतिहारी थाना भेलाही मुसहरवा २ बस्ने २२ वर्षीय नवरेज आलम रहेका छन् ।

भारतको रक्सौलतर्फ जाने यात्रुवाहक अटोमा सवार दुबै जनालाई लागु औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार खानतलासी गर्ने क्रममा ईमताजले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा पाँच किलो ७२० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

ईमताजसँगै सवार नवरेजलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । दुवै जनालाई जिल्ल प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *