वीरगन्ज :

वीरगंजबाट खैराे हिराेईन सहित भारतिय नागरिक पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1416 Shares

वीरगंज (पर्सा), ३१ जेठ । पर्सा प्रहरीले वीरगंजबाट लागु औषध खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पोष्ट अदापुर ग्राम लालछपरा निवासी ३० बर्षिय मोहमद नेजामुदिन सिद्दकी रहेका छन् ।

बिशेष सूचनाकाे आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१५ बसपार्क स्थित सडकखण्डबाट सिद्दकीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।

उनका अनुसारका बिहिबार विहान १०:०० बजेको समयमा खटिएको प्रहरी टोलीले बिआर ०५ एवाई १३४६ नम्बरको टाटा टाइगाे चार पाङग्रे गाडीलाई रोकी जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको थियाे ।

त्यसपछि उक्त लागु औषध र उल्लेखित नम्बरको गाडी सहित सिद्दकीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतीले जानकारी दिए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *