वीरगन्ज :

वीरगंजको शान्तिसुरक्षा माथि प्रश्न ! प्रहरीकै मोटरसाइकल चोरी

श्रेणी : BANNER

10 months
Pradeep Sah
2.5kViews
1835 Shares

वीरगंज (पर्सा), १५ असोज । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टाेलबाट मंगलबार दिउसाे एक प्रहरीकै माेटरसाइकल चाेरी भएकाे छ । पर्साकै छिपहरमाई गाउँपालिका वडा नं. १ भलुवहिया निवासी प्रहरी हवल्दार बिनोद प्रसाद यादबको नाममा दर्ता रहेको ना ५३ प ९३२१ नम्बरको एमहा कम्पनीकाे माेटरसाइकल चाेरी भएकाे हाे ।

विरगंज महानगरपालिकाकाे वडा नं. १३ तेजारथ टोल स्थित अमिती स्कुल अगाडी पार्किङ गरी राखिएकाे अवस्थामा उक्त नम्बरको आफ्नाे मोटरसाईकल दिउसाे १२:३० बजेकाे समयमा चोरी भएको पिडित प्रहरी हवल्दार यादवले जानकारी दिए । उनले आफ्नै डेरा अगाडी पारकिङ्ग गरि राखिएकाे अवस्थामा चाेरी भएकाे माेटरसाइकल खोजतलासकाे लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *