वीरगन्ज :

वीरगंजको पिपरामा ग्यालेक्सी युथ क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न , ३७ जनाले गरे रक्तदान

वीरगंजको पिपरामा ग्यालेक्सी युथ क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न , ३७ जनाले गरे रक्तदान

श्रेणी : मधेस

2 years
Pradeep Sah
117Views
0 Shares

रामनिवास पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरामा शनिबार ग्यालेक्सी युथ क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको २७ औं वार्षिक उत्सवको अवसरमा पिपरा धर्मशालामा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ३७ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा रेखा सिंह पटेल , राकेश कुमार साह , राजेश्वर पटेल , श्याम रौनियार , सुमित पटेल , दिपेन्द्र पटेल लगायतका रहेको स्थानीय युवा सुमित पटेलले जानकारी दिए । क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षता तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बिशिष्ट अतिथी नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , वीगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम ,अतिथी नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंह , एलएस न्यूरो अस्पतालका सन्चालक डाक्टर श्यामबाबु पटेल र खेलकुद महासंघ वीरगंज महानगरका पूर्व अध्यक्ष श्याम रौनियार लगायतको पनि उपस्थिती थियो । रक्तदान कार्यक्रममा रक्त सन्चार केन्द्र वीरगन्जको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा क्लबले विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्याक्तिलाई सम्मानित पनि गरेको क्लबका अध्यक्ष पटेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *