
श्रेणी : अपराध
वीरगंज,१६ चैत । वीरगंजमा मृत अवस्थामा एक जना महिलाको शव फेला परेको छ । वीरगंज महानगरपालिका वडा नं. १६ नगवास्थित प्रहरी चौकी अगाडि शनिवार बिहान एक जना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको हो ।
मृतक महिला वीरगंज महानगरपालिका – ४ नर्सिङ क्याम्पस क्षेत्रमा बसोबास गर्ने अंसिया अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार, महिलाको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि, प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको कानको छेउमा र औलाहरूमा चोटपटक लागेको देखिएको छ ।
घटनास्थलको अवस्था हेर्दा जङ्गली जनावरको आक्रमणले अथवा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको डिएसपी लम्सालले जानकारी दिए । “अनुसन्धान गर्ने क्रममा महिलाको शवमा चोटपटक र नीलडामहरू देखिएको छैन ।
मृतक महिलाको शव वीरगञ्जस्थित नारायणी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले डिएपी लम्सालले बताए । घटनाको अनुसन्धान भइरहेको उनले नेपाल पोष्ट डेलीलाई बताए ।


प्रतिक्रिया