वीरगन्ज :

वीपी प्रतिष्ठान धरानका उपकुलपति गिरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

श्रेणी : समाज

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पदीय मर्यादा विपरीत नपाएको प्राध्यापक पदको दुरुपयोग गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गिरीसहित डा. ज्ञानेन्द्रमान सिंहविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले भनेको छ, ‘उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।’

आयोगले यस घटनामा डा. ज्ञानेन्द्रमान सिंह कार्की मतियार भएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *