वीरगन्ज :

विश्वासको मतमा एक ढिक्का हुने १० दलको निर्णय

श्रेणी : BANNER

2 years
birgunj report
145Views
0 Shares

काठमाडौं । सत्ता साझेदार दश दलबीच संसदमा प्रस्तुत हुने विधेयक र सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलका शीर्ष नेताबीच यस्तो सहमति भएको हो ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने,‘सत्ता साझेदार १० दलका शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी संसदमा प्रधानमन्त्रीज्यूले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।’

आजको बैठकमा बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *