वीरगन्ज :

विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने सोचेको थिइनँः प्रधानमन्त्री

श्रेणी : राजनीति

2 years
birgunj report
23Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने आफूले नसोचेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्रीले सत्ता साझेदार दलहरुबीच कुनै नीतिगत भिन्नता नभएको र व्यक्तिगत सम्बन्ध पनि सुमधुर भएकै अवस्थामा दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रस्तावपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएकाले पुनः विश्वासको मत लिनुपरेको उनको भनाइ थियो । समर्थन फिर्ता लिने निर्णयको प्रतिरक्षा सम्बन्धित दलले नै गर्ने उनको भनाइ छ ।

पुस २६ मा पनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । त्यतबेला मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए । विपक्षमा २ मत खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *