वीरगन्ज :

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

श्रेणी : BANNER

2 years
birgunj report
18Views
0 Shares

 

काठमाडौँ ।  कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो । सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मिएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *