श्रेणी : BANNER
वीरगंज । विवेकशील साझा पार्टीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठन, वीर अस्पतालकाे सेवा सुधारकाे लागि कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई ध्यानाकर्षण गराएको छ ।
देशको सबै भन्दा पुरानो तथा गरिब, विपन्न, आर्थिक अवस्था कमजोर भएका नेपाली नागरिकहरूलाई नि:शुल्क र सर्वसुलभ हिसाबले सेवा प्रदान गर्दै आएको वीर अस्पतालमा पच्छिल्लो समय विभिन्न सेवा सुविधामा अवरोध आइरहेको कुरालाई लिएर विवेकशील साझा पार्टीको तर्फबाट महासचिव रन्जु दर्शना नेतृत्वकाे डेलिगेसनले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेललाई भेटेर ध्यानाकर्षण गराएकाे हाे ।
उक्त डेलिगेसनमा विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य कमला ढुङ्गाना, चन्द्र श्रेष्ठ, शीतल भुषाल, सनन श्रेष्ठ, बागमति प्रदेश अध्यक्ष अजित खड्का, सचिव शकिल अहमद, सदस्य अशोक अधिकारी, कोमलनाथ पौडेल र जिवेश कोईरालाकाे सहभागिता रहेकाे थियाे ।
देश भरिका जनतालाई सेवा दिइरहेको वीर अस्पतालमा सेवाको कटौटि हुनुभनेको नागरिकहरूको स्वास्थ्य सम्बन्धी अधिकारको हनन गर्नु हो । कहिले एक्स-रे गर्ने फ्लिमको अभाव, कहिले अति आवश्यक उपकरणहरू बिग्रिएको अवस्था आइरहन्छ । यति मात्र नभइ कैयौँ ल्याब प्रशिक्षण समेत बाह्य स्थानमा दिनुपर्ने अवस्था आउनु भनेको आम नागरिकको स्वास्थ्य माथि खेलवाड गर्नु भएकाे डिलिगेसनमा सहभागिहरुले वताएका छन् ।
स्वास्थ्य सेवा राज्यको दायित्व हो त्यसैले आर्थिक मन्दिको नाम दिएर स्वास्थ्य सेवामा कटौटि हुनु हुँदैन बरु सरकारका अन्य विलासि खर्च रोकिनु पर्ने महासचिव रन्जु दर्शनाले वताइन ।
१०० वर्ष भन्दा लामो समय भर्ना भएका बिरामीहरूलाई नि:शुल्क खाना प्रदान गरिरहेको अस्पतालले अब उपरान्त सो नगर्ने कुरा पनि गरिब जनताको हितमा नरहेकाे उनले वताइन ।
वीर अस्पताल लगायत देशै भरका सरकारी अस्पतालको स्थिति उजागर गर्दै सरकारलाई ध्यानाकर्षण गराउने र सरकारी अस्पतालहरूको सुधार, सेवामा सुधारको लागि दबाब दिँदै विरोधमा समेत हाम्रो योजना रहेको महासचिव दर्शनाले जानकारी दिइन । कालिका टाईम्स

प्रतिक्रिया