
श्रेणी : राजनीति
काठमाडौं । अजित खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गर्दै विवेकशील साझा पार्टीको वागमती प्रदेश अधिवेशन समापन भएको छ ।
प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार अध्यक्षमा अजीत खड्का,उपाध्यक्षमा डिजेन बस्नेत,सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका हुन् ।
अधिवेशनले वागमती प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती,आशिष कार्की, पूर्णलाल श्रेष्ठ, वैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषण कुमार श्रेष्ठलाई चयन गरेको छ ।
प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा ’नो भोट’ को पनि अभ्यास गरिएको थियो । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण एवं पद तथा गोपनियताको सपथ ग्रहण गराईएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले जानकारी दिए ।

प्रतिक्रिया