वीरगन्ज :

विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पांचै जना धराैटीमा रिहा

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.0kViews
1966 Shares

वीरगंज (पर्सा), १५ चैत । विवाह स्थलबाट पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन् । मुद्दाको आईतवार सुनुवाई गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश दीपक खनालको ईजलाशले पाँचै जनालाई धरौटी माग गर्न आदेश दिएका थिए । आदेश अनुसार बारा कलैया उपमहानगरपालिका – ४ निवासी बेहुला उमेश साह गोढ रु दुई लाख, उनका बुवा बच्चालाल साह गोढ रु एक लाख, बेहुलाका दाईहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँँपालिका – ५ निवासी रामएकवाल साहले रु २५-२५ हजार धरौटी बुझाएर रिहा भएका हुन ।

फागुन २८ गते राति जन्ती लिएर वीरगंज महानगरपालिका – २४ मा आएका बेहुला उमेशसहित पाँचै जनालाई वडा प्रहरी कार्याल श्रीपुरले विवाह स्थलबाट नै पक्राउ गरेकाे थियाे । पाँचै जनालाई प्रहरीले ११ दिन सम्म जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर उनीहरुविरुद्ध गत चैत ९ गते पर्सा जिल्ला अदालतमा विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यपछि चैत ११ गते आइतबार जिल्ला अदालतका एक नम्बर इज्जलाशका न्याधिश खनालले धराैटी छाड्न आदेश दिएअनुसार धराैटी बुझाएर पांचै जना रिहा भएका हुन् ।

बरमाला पछि हुने कन्या निरिक्षणकाे क्रममा गहना चढाउन विषयमा बेहुला र बेहुली पक्ष बिच विवाद हुँदा विवाह नै भाँडिएकाे थियाे ।त्यही विवाद चर्किएर  बेहुला र बेहुलीपक्षबिच कुटाकुट पनि भएको थियो ।  बेहुला पक्षले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा बेहुली पक्षसँग विवाद गरेर विहे नै छाँडि भागि रहेकाे बेहुली पक्षकाे उजरीकाे आधारमा प्रहरीले बेहुलासहित पांचै जनालाई नियन्त्रणमा लिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *