वीरगन्ज :

विवादास्पद धर्मगुरु श्रीनिवास धरौटीमा रिहा

श्रेणी : BANNER

2 years
birgunj report
152Views
0 Shares

जनकपुरधाम । सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरू श्रीनिवास आचार्य धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा पाँचसय रुपैयाँ धरौटी तिरेर बिहीबार उनी रिहा भएका हुन् । सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनलाई मंगलबार सुनसरी बराहक्षेत्रको चक्रघट्टीबाट पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरी धनुषामा लगिएको थियो । उनले गत शुक्रबार विश्व हिन्दू परिषदको आयोजनामा जनकपुरमा गौहत्याविरूद्ध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधनको क्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *