वीरगन्ज :

विरोधकाबीच इजरायली संसदद्वारा न्यायिक प्रणाली परिमार्जन विधेयक पारित

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
13Views
0 Shares

इजरायली सांसदहरूले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेका छन् । मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको जेरुसेलम र तेल अविभमा पनि विरोध प्रदर्शन भएका छन् ।

मतदानपछि संसदलाई सम्बोधन गर्दै न्याय मन्त्री यारिभ लेभिनले न्यायिक प्रणालीलाई सुधार गर्ने र सरकारलाई शक्ति फिर्ता गर्ने ऐतिहासिक प्रक्रियाको पहिलो चरण भन्दै त्यसको स्वागत गरेका छन् ।

संसद् भवन बाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झण्डा फहराउँदै जुलुस निकालेका थिए । प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो । विरोधका क्रममा  कम्तीमा १९ जनालाई पक्राउ गरिएको छ ।

लगातार २९ हप्तासम्म भएको विरोधप्रदर्शनका बाबजुद विधेयक पारित भएकामा आम नागरिक आक्रोशित भएका छन् । इजरायलको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले पनि विधेयक रोक्न गरेको अनुरोधलाई बेवास्ता गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *