श्रेणी : खेलकुद
काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा टाई भएको छ ।
गर या मरको अवस्थामा रहेका दुवै टोलीबीचको यो भिडन्तमा विराटनगरका बसिर अहमदलाई रायमोनले अन्तिम बलमा छक्का हानिँदिँदा खेल बराबरी भएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाए पनि अन्तिम अवस्थगामा रायमोन रिफायले खेललाई टाई गराइदिएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनायो ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया