वीरगन्ज :

विराटनगर यातायात कार्यालयबाट १२ जना बिचौलिया पक्राउ

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
2.3kViews
1050 Shares

विराटनगर,१२ चैत । मोरङ प्रहरीले यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ। उनीहरू सर्वसाधारणलाई प्रलोभनमा पारेर अनुचित लाभ लिएको गुनासोपछि पक्राउ गरिएको हो।

सोमबार दिउँसो विराटनगर महानगरपालिका–४ स्थित यातायात कार्यालय अगाडि सक्रिय बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको टोलीले विशेष निगरानीपछि उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको र तप अनुसन्धान गरिरहेको बताएको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी , बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *