वीरगन्ज :

विभिन्न कार्यक्रम गरि एनएमएसआरए वीरगंजले मजदूर दिवस मनायो

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.9kViews
1406 Shares

वीरगंज (पर्सा), १८ वैशाख । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगंजले बुधबार विभिन्न कार्यक्रमकाे आयाेजना गरि १३५ मजदुर दिवस मनाएकाे छ ।मजदुर दिवसकाे अवसरमा संघले बुधबार विहान वीरगंजमा माेटरसाइकल र्‍याली निकालेका थियाे । अमर चौकस्थित संघकाे कार्यालयबाट निस्केकाे माेटरसाइकल र्‍याली, नारायणी अस्पताल हुँदै घण्टाघर र नेशनल मेडीकल कॉलेज पुगी पुन: बाईपास हुँदै अमर चौकमा पुगी कोण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्ने वक्ताहरुले अझै पनि श्रमकाे उचित मुल्यांकन नभएकाे गुनासाे गरे । उनीहरुले सबै श्रमिकहरु श्रमकाे सवालमा एक हुनु पर्ने धारणा राखेका थिए ।

त्यसैगरी संघले बुधबार नै नारायणी अस्पतालमा बिरामी र कुरुवाहरुलाई फलफूल तथा जूस बितरण गरेकाे छ । मजदुर दिवस कै अवसरमा अस्पतालका विभिन्न वार्डमा उपचारत बिरामी र कुरुवाहरुलाई फलफूल तथा जुस वितरण गरिएकाे संघका दिपेन यादवले वताए ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाईका अध्यक्ष राम गोसाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष मनोज साह, केन्द्रीय सचिव नरेन कुशवाहा, केन्द्रीय सदस्य राजकुमार चौधरी, वीरगंज इकाईका सदस्यहरु गौतम कर्ण, ध्रुव मानस, अमित कर्ण, रमेश गिरी, दीपेन्द्र लाल कलवार, बिकाश कुशवाहा, अजित कुशवाहा, दीपेन यादव, नितेश पटेल, सुनील माली, अनुराग गुप्ता, धर्मेन्द्र कुशवाहा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *