वीरगन्ज :

विन्दवासिनीमाई मन्दिरमा सरसफाई

श्रेणी : धर्म संस्कृति

3 months
Pradeep Sah
1.6kViews
1062 Shares

वीरगंज (पर्सा), १९ असोज । वीरगंज महानगरपालिका-१९ स्थित विन्दवासिनी माई मन्दिर प्राङ्गणमा सरसफाई गरिएको छ । हिन्दुहरुको महान पर्व वडा दशैंको तेश्रो दिन शनिबार मन्दिरको प्राङ्गण सहित मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । विन्दवासिनी (केहुनियाँ) स्थित श्री विन्दवासिनी माई मन्दिरको सरसफाई यहाँका स्थानीय युवाहरुको टोलीले गरेको स्थानीय गुलशन यादवले बताए । विन्दवासिनीमाई मन्दिरको मुख्य मन्दिर र मन्दिर परिसर भित्रको फोहोर सरसफाई गरिएको छ भने मुल प्रवेश द्वारसम्मनै पर्खालको जरामा पलाएको अनावश्यक झारपात समेतको सरसफाई गरिएको यादवले बताए ।

हरेक वर्ष दशैको घटस्थापना देखिनै दैनिक हजारौंको संख्यामा दर्शानार्थीहरु आउने गरेको र फुलापातीको दिन देखि ठूलो मेला लाग्दै आएको स्थानीय युवा एवं शिक्षक साजन क्षेत्रीको भनाई छ । वर्षैभरी बलि दिन पाउने पर्सा जिल्लाको एक मात्रै शक्ति पिठको रुपमा परिचित विन्दवासिनीमाई मन्दिरमा दशैंको बेला अष्टमीको दिनदेखि बलि दिने चलन छ । घटस्थापना देखि फुलापातीसम्म हरेक दिन साँझ आरतीको समयमा पनि भक्तजनको भीड नगन्य मात्रामा हुने गरेको स्थानीय युवा रवि गुप्ताले बताए । दशैंको घटस्थापनादेखिनै पुजा गर्न आउनेको भीड अत्यधिक हुने विन्दवासिनीमाई मन्दिरमा मुलतः फुलापातीदेखि पुणर्िमासम्मै मेला लाग्ने गर्दछ ।

यसवर्षको चहल पहल पनि सुरु भइसकेपनि स्थानीय निकाय एवं जनप्रतिनिधिको खासै चाँसो नदेखिएकोले हामिहरु आफैले सरसफाईमा जुट्नु परेको स्थानीय युवाहरुको भनाई छ । मन्दिरको सरसफाईमा कोन्हियामा अवस्थित सशस्त्र प्रहरी बलको टोलिले पनि सहकार्य गरेको थियो । देश विदेशबाट पुजा गर्न आउने कतिपय भक्तजनहरुले विन्दवासिनी माईलाई कुलदेवीको रुपमानै पुजा गर्ने गर्छन् । मन्दिरको ईतिहास राजा रणबहादुर शाहसँग जोडिएको पाइन्छ । मन्दिरका पुजारी पुरुषोत्तम देव उपाध्यासँग गरिएको कुराकानी र मन्दिरमा भएको प्रमाणको आधारमा तत्कालीन राजा रणबहादुर शाहले करिब डेढ सय वर्ष पहिले सो शक्तिपीठको स्थापना गरेका बुझिन्छ ।

सुरुमा राजाले माताको पीठलाई भारतको विन्ध्याञ्चलबाट ल्याई स्थापाना गरेपनि मुर्तिको प्रतिमा भने वि. सं. १९३४ मा स्थापना गरिएको प्रमाण मन्दिरको ताम्रपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *