वीरगन्ज :

विनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

श्रेणी : BANNER

3 years
birgunj report
74Views
0 Shares

नवलपरासी । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् । नवलपरासी विकासमा धेरै पछिपरेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको प्रधानमन्त्री देउवाले बताए ।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा मंगलबार आयोजित लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे ।

संसद विघटन नगर्ने र जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे । चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै देउवाले नवलपरासी पश्चिमका मतदातालाइ भने, ‘तपाइँहरू विनोद चौधरीलाइ जिताएर पठाउनुस्, हामी उहाँमार्फत यस जिल्लामा विकास पठाउछौं ।’

चुनावी सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसीर ४ गतेको चुनाव पाण्डव र कौरबबीचको महाभारत युद्ध जस्तै भएकाले जनताले पाण्डवहरुको पक्षमा मतदान गर्न आग्रह गरे ।

‘मंसीर ४ मा जनताले कौरब र पाण्डव मध्ये एक रोज्नुपर्ने अवस्था छ । जनताको अभिमतको अवमुल्यन गर्ने कौरवहरुको पराजय निश्चित छ ।’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक बाम गठबन्धनको पाँच पाण्डवहरुका उम्मेदवारलाई विजय गराउने छन् ।’ प्रचण्डले बिनोद चौधरीको विजय यो क्षेत्रको विकासको कोसेढुङ्गा सावित हुने बताए। चौधरीको उम्मेदवारी तपाईं आम मतदाताको सुनिश्चित भविष्य हो बिजय गराउनुहोस अरु हामिले गर्छौ उनले भने।

सोही कार्यक्रममा काग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले आफूले यस क्षेत्रका जनताले भोगेको मल , बीउ, डुबान तथा बेरोजगारीको समस्यालाई योजनाबद्धरुपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । २५ बर्षसम्म रोकिएको विकासलाई अब गति दिने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *