वीरगन्ज :

विद्युत् कटौती भए किएभवासीले सहर छोड्नु पर्ने

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
13Views
0 Shares

किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन् ।

महत्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन् । विद्युतमा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो विद्युत् कटौती भइरहेको बताइएको छ ।

युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत विद्युत् केन्द्र र लाइनहरू रुसी आक्रमणका कारण क्षतिग्रस्त वा नष्ट भएका छन् । सहरका अर्का अधिकारीले पूर्ण रूपमा विद्युत् आपूर्ति रोकिएको अवस्थामा पानी पनि उपलब्ध नहुने र ढलले पनि काम नगर्ने चेतावनी दिएका छन् ।

युद्धका क्रममा गरिने व्यवहारको मानवीय मापदण्ड तय गर्ने जेनेभा महासन्धिले नागरिक पूर्वाधारहरू विरुद्ध आक्रमणहरू गर्न नहुने जनाउँछ ।

युक्रेनी टेलिभिजनमार्फत् मेयर भिटाली क्लिट्स्कोले रुसले गरेको पूर्वाधार लक्षित आक्रमणहरूलाई आतङ्कवाद र नरसंहारको सङ्ज्ञा दिए । जाडोको समयमा किएभको औसत तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम हुन्छ र रातको समयमा अझै घट्छ ।

क्लिट्स्कोका अनुसार अधिकारीहरूले बिजुली कटौती हुन नदिन र पानीको आपूर्ति नरोक्न आवश्यक सबै काम गरिरहेका छन्। उनले विभिन्न परिस्थितिको लागि तयारी भइरहेको सुनिश्चित गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *