वीरगन्ज :

विद्यालय शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघ फेरि आन्दोलनमा

श्रेणी : प्रदेश

1 week
Pradeep Sah
2.5kViews
1156 Shares

काठमाडौं,०९ भदाै । विद्यालय शिक्षा विधेयक–२०८० मा आफ्ना माग उपेक्षा भएको भन्दै नेपाल शिक्षक महासंघ सोमबारदेखि पुनः आन्दोलनमा उत्रिएको छ।

महासंघले गत वैशाखमा सरकारसँग भएको ९ बुँदे सहमति विधेयकमा नसमेटिएको आरोप लगाएको छ। अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार नयाँ विधेयकले शिक्षकको सेवा–सुविधा, स्थायित्व र अधिकारमै प्रहार गरेको छ। त्यसैले माग पूरा नभएसम्म आन्दोलन जारी राखिने चेतावनी महासंघले दिएको छ।

आन्दोलनको पहिलो चरणमा सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइएको छ। आगामी भदौ ११ देखि २० गतेसम्म भने देशभर पालिका र जिल्ला स्तरमा दुई घण्टे धर्ना दिने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।

महासंघले अस्थायी शिक्षकलाई स्थायीकरण, अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब, र स्थानीय तहमा शिक्षक दरबन्दी हस्तान्तरणविरुद्ध निरन्तर माग राख्दै आएको छ। ती माग विधेयकमा समेटिन नसकेपछि लामो समयदेखि थामिएको आन्दोलन फेरि सडकमा आएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *