वीरगन्ज :

विद्यालय बन्द गराएर माओवादीको आमसभा, विद्यार्थीहरू घर फर्किन बाध्य

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.5kViews
1778 Shares

जनकपुर, १८ फागुन । नेकपा माओवादी केन्द्रले धनुषाको हंसपुर नगरपालिकामा रहेको एक विद्यालय बन्द गराएर आमसभा आयोजना गरेको छ । हंसपुर नगरपालिका-६ सोनगमास्थित राष्ट्रिय प्रावि विद्यालयमा आयोजित सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले सम्बोधन गरेका थिए ।

स्थानीय बासिन्दाका अनुसार माओवादीका स्थानीय नेताहरूको दबाबका कारण विद्यालय बन्द गरिएको हो । आमसभा हुनेबारे पूर्वजानकारी नपाएका विद्यार्थीहरू नियमित कक्षा सञ्चालन हुने आशामा किताब-कापी बोकेर विद्यालय पुगेका थिए। तर गेटमै विद्यालय बन्द गरिएको जानकारी दिइएपछि उनीहरू घर फर्किन बाध्य भएका थिए ।

विद्यालय शिक्षालय भएको र विद्यार्थीको पढाइ प्रभावित हुने भन्दै स्थानीय अभिभावकहरूले यस्तो गतिविधिको आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *