वीरगन्ज :

विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई कार्यालय समय र पोशाकमा टिकटक बनाउन निषेध

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.7kViews
1447 Shares

काठमाडौ,३१ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो बनाउन र सामाजिक सञ्जालमा पोस्ट गर्न रोक लगाएको छ।

मंगलबार मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ— “हेलो सरकारमार्फत प्राप्त गुनासोअनुसार केही शिक्षक तथा कर्मचारीले विद्यालय समयमै तोकिएको पोशाकमा टिकटक भिडियो र अन्य मनोरञ्जनात्मक सामग्री बनाएर सामाजिक सञ्जालमा हाल्ने गरेका छन्, जसले विद्यार्थीको मनोविज्ञानमा प्रतिकूल असर पारेको छ।”

मन्त्रालयका अनुसार यस्ता गतिविधिले विद्यालयको अनुशासन, शिक्षण वातावरण र विद्यार्थीको ध्यानमा नकारात्मक प्रभाव पार्ने भएकाले तत्काल यस्तो कार्य नगर्न निर्देशन दिइएको हो।

त्यससँगै मन्त्रालयले सिकाइमैत्री र अनुशासनयुक्त वातावरण बनाउन शिक्षक तथा कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति अझ संवेदनशील रहन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *