वीरगन्ज :

विद्यार्थीलाई सीटीईभीटीद्धारा ५ करोड बढीको छात्रवृत्ति

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.5kViews
1382 Shares

काठमाडौं, ३० माघ । विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५ करोड बढीको छात्रवृत्ति दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा दलित, मुसलमान, विपन्न तथा सिमान्तकृत समुदायका ३६० जनालाई ४ करोड ५० लाखको छात्रवृत्ति दिइएको जनाएको छ ।

त्यस्तै, सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका १२० छात्रहरूलाई १ करोड ४४ लाखको छात्रवृत्ति दिएको छ ।

आवासीय छात्रवृत्तिसहित प्रशिक्षण निरन्तरताका कार्यक्रमहरू ५१ वटा शिक्षालयमा १ हजार ३ सय ५६ जनालाई १८ करोड ४० लाखको छात्रवृत्ति दिइएको छ ।
शिक्षा मन्त्रालयका अनुसार छात्रवृत्तिले लक्षित समुदायका छात्रहरूलाई सीप र ज्ञानसँगै अवसरहरू सिर्जना गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *