वीरगन्ज :

विदेशीलाई क्वारन्टीनको नियम अन्त्य गर्दै चीन

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
28Views
0 Shares

चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारन्टिनमा बस्नुपर्ने नियम जनवरी ८ बाट अन्त्य हुने घोषणा गरेको छ । चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध शृङ्खलाबद्ध रूपमा हटाउने क्रममा गरिएको यो पछिल्लो घोषणा हो ।

कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । कोभिडबारेका नियम परिवर्तनका सम्बन्धमा आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति सि जिनपिङले अधिकारीहरूलाई जीवन बचाउन जे सम्भव हुन्छ त्यही गर्न आह्वान गरेका छन् ।

उनलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको उनले बताएको जनाएका छन् ।

चीनले कोभिडबारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ तर प्रत्येक दिन हजारौँ मानिसको ज्यान गइरहेको हुनसक्ने ठानिएको छ ।

सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वारन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो । तर त्यसरी क्वारन्टिन बस्नुपर्ने समय भने तीन साताबाट अहिले पाँच दिन बस्नुपर्ने गरी उल्लेख्य रूपमा घटाइएको थियो ।

नयाँ नियम अनुसार कोभिडलाई ए वर्गको सङ्क्रामक रोगबाट बी वर्गमा झारिएको छ जसको अर्थ अब क्वारन्टिनमा बाध्यकारी रूपमा बस्नुपर्दैन भन्ने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *