वीरगन्ज :

विदेशमा भएकालाई देश फर्काउँछौं भन्नेहरु राजनीतिमा आएपछि विदेशिनेको संख्या झनै बढ्योः महासचिव पोखरेल

श्रेणी : राजनीति

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार भएको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले विदेशमा गएकाहरुलाई देश फर्काउँछौं भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिएपनि विदेशिनको संख्या झनै बढेको बताएका हुन् ।

नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको भनाई छ ।

उनले भनेका छन्, ‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा एमाले लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो । विदेशमा गएकाहरुलाई देश फर्काउँछौं भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशिनेको संख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठिक र बेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *