वीरगन्ज :

विदेशबाट आउने नेपालीले अब साथमा दुई वटा मोबाइल ल्याउन पाउने

श्रेणी : समाचार

2 years
birgunj report
9Views
0 Shares

काठमाडौँ । सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । त्यस्तै बैठकले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । यस्तै, ढल्केवर वाणगंगा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *