
श्रेणी : मधेस
वीरगंज । वीरगंजमा वालविवाह अन्त्य गर्न रणनीतिक कार्ययाेजना निर्माण अन्तर क्रियात्मक छलफल सम्पन्न भएकाे छ । जन्मदर्ता र बाल संरक्षण सेवामा केन्द्रित भएर बुधबार भएकाे अन्तर क्रियात्मक छलफल सम्पन्न भएकाे वीरगंज महानगरपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रन्जना पाैडेलले जानकारी दिइन ।
युनिसेफकाे सहयाेग र वीरगंज महानगरपालिका कार्यालयकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । वीरगंज महानगरपालिकाकाे सभा हलमा भएकाे कार्यक्रममा युनिसेफका कामदेव खनाल र प्रशिक्षक लक्ष्मी खरेलले प्रशिक्षण दिएकी थिइन ।
कार्यक्रमका सहभागिहरुले पालिकामा बालविवाहकाे अवस्था कस्ताे छ ?, पालिकामा वालविवाह अन्त्यका लागि भएका प्रयासहरु के के छन् ?, वालविवाह अन्त्यका गर्नकाे लागि के के चुनाैतिहरु छन् ? र वालविवाह अन्त्यका लागि अवसर र सम्भावनाहरु के के छन ? काे विषयमा सामुहिक छलफल गरेका थिए ।
सामुहिक छलफलबाट आएकाे सल्लाह सुझावलाई समुहगत प्रस्तुती मार्फत कार्यक्रममा जानकारी गराइएकाे थियाे । कार्यक्रममा विलवालिकाकाे क्षेत्रमा काम गर्ने विभिन्न संघ/संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया