वीरगन्ज :

वामदेव गौतम एमालेमा फर्कन तयार

श्रेणी : BANNER

2 years
birgunj report
26Views
0 Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले केपी ओलीले बोलाए नेकपा एमालेमा जाने बताएका छन् । बुधबारको राष्ट्रियसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै गौतमले आफ्नो पार्टी सदस्यता एमालेमै रहेकाले ओलीले बोलाए खुसी भएर एमालेमा फर्किने बताएका हुन् ।

उनले सत्तर वर्षे उमेदहद हटाए आफू एमालेमा फर्किने बताए । उनले विगतमा आफूलाई रोक्न ७० वर्षे उमेदरहद ल्याएको बताए । उनले भने, ‘आगामी महाधिवेशनसम्म उमेरको हदबन्दी निलम्बन भइरहे म र मसँग भएका साथीहरू एमालेमा जान्छौ।’

गौतमले उमेरको प्रावधान संविधान विरोधी भएको बताए। उनले भने, ‘उमेरको प्रावधान मानवता विरोधी छ। उमेर हद शारिरीक अवस्था हो । उमेरका आधारमा पार्टीमा बस्न पाउने नपाउने भन्ने विषयमा विभेद गर्नु अपराध हो।’

उनले आफूले ओलीलाई तीन पटक भेटेर र तीनपटक फोनमा कुरा गरेर आफूलाई पार्टीमा लैजान आग्रह गरेको बताए । एमालेको शुक्रबार बसेको सचिवालय बैठकले विधानमा भएको ७० वर्षे उमेरहदको प्रावधान निलम्बन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *