वीरगन्ज :

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा पदबाट राजीनामा

श्रेणी : राजनीति

3 years
birgunj report
46Views
0 Shares

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको थियो । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएका हुन् ।

पाण्डेले २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *