वीरगन्ज :

वर्षौंदेखि सर्लाहीका जनता नदी कटानकाे पीडामा छन् : सांसद सिंह

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
1.7kViews
1560 Shares

२४ माघ, काठमाडौं । प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले नदी कटानले वर्षौंदेखि सर्लाहीका जनता पीडामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बालेका सिंहले बागमती नदीको कारण सर्लाहीका जनताको बिजोक हुँदै आएको बताएका हुन् ।

‘बागमती नदीको कारणले सर्लाही बरथहवा नगरपालिकाका वडा नम्बर १, २, ४, १३ र १४ कटान हुँदै आएको छ । नदी कटानले गाउँलेको बिजोक छ,’ उनले भने, ‘वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराइरहेको छु, तर, अहिलेसम्म सुनिएको छैन ।’

सरकारको ध्यान जनताका दूःख अन्त्य गर्न भन्दा मन्त्रीक्वार्टर बनाउनेतिर रहेको उनले टिप्पणी गरे ।

कांग्रेसका पूर्वनेता रहेका सिंहले ११ वर्ष बितिसक्दा पनि सर्लाहीको धनकौलमा नदीको ब्यारेज नबनेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘२०७० सालमा पनि सरकार कांग्रेसको थियो । प्रधानमन्त्री सुशील कोइरालाले सर्लाही क्षेत्र नम्बर ४ धनकौल गाविसमा रहेको नदीमा ब्यारेज शिलान्यास गर्नुभएको थियो । जम्मा १०, १२ करोडको लागत रहेको ब्यारेज ११ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । अहिले पनि कांग्रेसकै मन्त्री हुनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *