वीरगन्ज :

वडा–२१ मा प्रदीप यादवको आक्रामक घरदैलो — सूर्यमा मतदान गर्न मतदातासँग अपिल

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1781 Shares

वीरगञ्ज, १० फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव ले आइतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा व्यापक घरदैलो अभियान सञ्चालन गरेका छन्। बिहानैदेखि विभिन्न टोलमा पुगेर उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका हुन्।

घरदैलोका क्रममा मतदातासँग लामो संवाद गरेका यादवले क्षेत्रको समग्र विकास, आर्थिक उन्नति र राजनीतिक स्थिरताका लागि एमालेको जित आवश्यक रहेको बताए। उनले आफू पूर्व मन्त्रीको जिम्मेवारीमा रहँदा गरेको कामको अनुभव उल्लेख गर्दै अधुरा योजना पूरा गर्न पुनः अवसर दिन मतदातासँग अपिल गरे।

स्थानीयसँगको छलफलमा सडक स्तरोन्नति, ढल व्यवस्थापन, खानेपानी, विद्युत् आपूर्ति, रोजगारी, शिक्षा तथा स्वास्थ्य सेवा सुधारका विषय प्रमुख रूपमा उठेका थिए। यादवले जनताका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता जनाउँदै विकासका कामलाई निरन्तरता दिने धारणा व्यक्त गरे। “जनताले देख्ने र महसुस गर्ने विकास नै हाम्रो लक्ष्य हो,” उनले भने।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *