
श्रेणी : BANNER
वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका वडा सदस्यहरुले बुधबार गाउँपालिका अध्यक्षलाई ८ बुंदे ज्ञापन पत्र बुझाएका छन् ।
गाउँपालिका अन्तर्गतका २० जना वडा सदस्यहरुले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता र प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीलाई ८ बुंदे ज्ञापन पत्र तथा ध्यानआकर्षपत्र बुझाएका हुन् ।
जेष्ठ सदस्य राजदेव यादवकाे संयोजकत्वमा रहेको वडा सदस्यहरुकाे टोलीले गाउँपालिकाको कार्यालय मै पुगी ८ बुंदे लिखित ज्ञापन पत्र बुझाएका हुन् ।
सम्मपुर्ण निर्वाचित वडा सदस्यहरुको सेवासुविधा अबिलम्ब उपलब्ध गराउनु पर्ने, निमार्ण कार्यमा गरेको अनुगमन भाता उपलब्ध गराउनु पर्ने, ईन्धनको ब्यवस्थापन गर्नु पर्ने, प्रति बर्ष १५ हजार पोषाक भाता दिनु पर्ने, चाडपर्व खर्चको ब्यवस्थापन गर्नु पर्ने वडा सदस्यहरुकाे माग रहेकाे छ ।
यसैगरी विकास निमार्णको काम गर्न वडा सदस्यहरुलाई बजेट उपलब्ध गराउनु पर्ने, गाउँपालिकाको परिषदको बैठक भाता उपलब्ध गराउनु पर्ने र गाउँपालिकाको कुनै पनि बैठकमा निर्वाचित प्रतिनिधी बाहेक अरु अन्य ब्यक्तिलाई प्रबेश गर्न नदिने तथा बैठकम बस्न नपाईने जस्ता मांगसहित ध्यानाकर्षण पत्र बुझाइएकाे कार्यपालिका सदस्य रामावति देवीले बताइन ।
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मेहता र प्रमुख प्रशासकिय अधिकृत चाैधरीले नियम कानुन अनुसार वडा सदस्यहरुले पाउनु पर्ने सम्पूर्ण सुबिधा उपलब्ध गराइने वताए ।
अधिकार क्षेत्रमा रहेको सम्मपुर्ण अधिकार तथा सेवासुबिधा कटौती नहुने समेत पालिका अध्यक्ष मेहता र प्रमुख प्रशासकिय अधिकृत चौधरीले वताए । कालिका टाईम्स

प्रतिक्रिया