श्रेणी : BANNER
वीरगंज (पर्सा), २७ भदौ । बारा जिल्ला परवानीपुर गाउँपालिकाका एक वडाध्यक्षका सुपुत्रले कुपुत्र कार्य गरेका छन् । आफ्नो बाउको विपक्षमा समाचार लेखेको भन्दै पत्रकारलाई अस्लिल गाली गलौंज तथा ज्यान मार्ने धम्की दिएका छन् । परवानीपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले आफ्नो बाउको विरुद्धमा समाचार लेखेको भन्दै सामाजिक सञ्जालदेखि मोबाइल फोनमा अस्लिल गाली गलौज गर्नुको साथै ज्यान मार्ने धम्की दिएका छन् ।
वडाध्यक्ष सुपुत्र रुपेश गुप्ताले वीरगंजबाट संचालित प्रहार डेलीका संचालक राहुल गुप्तालाई सामाजिक सञ्जालदेखि फोन मार्फत गालीगलौज गर्नुका साथै ज्यानमार्ने धम्की दिएको सञ्चारकर्मी राहुल गुप्ताले जानकारी दिए । उनका अनुसार गत भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष रामेश्वर कलवारले स्थानीयमाथि हातपात तथा दुव्र्यवहार गरेको समाचार प्रकाशन गरेका थिए ।
समाचार तथ्यहीन भए कानूनी उपचार हुँदाहुँदै वडाध्यक्ष सुपुत्र रुपेशले आफ्नो बाउ वडाध्यक्ष भएको घमण्डले मातेर नियम कानूनलाई धज्जी उडाउँदै सञ्चारकर्मी राहुल गुप्तालाई गालीगलौज गर्नुका साथै ज्यानमार्ने धम्की दिएका छन् । सञ्चारकर्मी राहुल गुप्ताले प्रकाशन गरेको समाचार सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको अवस्थामा समाचारको कमेन्ट बक्समा नै वडाध्यक्ष सुपुत्र रुपेशले अस्लिल शब्द प्रयोग गर्दै गाली गलौंज गरेका छन् ।
त्यतिले पनि नपुगेपछि वडाध्यक्ष सुपुत्रले सञ्चारकर्मी राहुल गुप्ताको म्यासेन्जर बक्समा गाली गलौंज गरेको र ९८५५०३२९३९ नम्बरबाट मोबाइलमा फोन गरि तथानाम गाली गलौं गर्दै ज्यान मार्ने धम्की दिएको सञ्चारकर्मी राहुल गुप्ताले जानकारी दिए । वडाध्यक्ष सुपुत्रले सामाजिक सञ्जालदेखि मोबाइल फोनमा गरेको गाली गलौजको प्रमाण सञ्चारकर्मी गुप्तासँग सुरक्षित रहेको र कानूनी उपचार खोज्दै जिल्ला प्रशासन कार्यालय बारा हुँदै जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्ष सुपुत्र विरुद्ध जाहेरी समेत दिएको बताए ।
यस घटनाप्रति पर्साका सम्पूणर् सञ्चारकर्मीहरु एकबद्ध भई वडाध्यक्ष सुपुत्रलाई कानूनी कारवाहीको माग गरेका छन् । पर्सेली क्रियाशील सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा स्टाट्स पोष्ट्याउँदै समाचार लेखेकै निहुँमा पत्रकारलाई अस्लिल गालीगलौज एवं ज्यानमार्ने धम्की दिने वडाध्यक्ष सुपुत्रर्लाइ कानूनी कारवाही हुनुपर्ने माग गरेका छन् । सञ्चारकर्मी क्रान्ति साहले लेखेका छन् ‘समाचार लेखेको निहुँमा वडाध्यक्ष रामेश्वर कलवारका छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले पत्रकार राहुल गुप्तालाई ज्यानमार्ने धम्की दिएका छन् । समाचारमा असन्तुष्टि भए कानुनी उपचार खोज्नुको सट्टा धाकधम्की दिनु कानुनी राज्यको उपहास हो । तसर्थ यसबारे सत्यथ्य छानबिन गरी धम्की दिनेलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’ वीरगंज टाईम्स
प्रतिक्रिया